कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै, दिउँसो एक बजे उद्घाटन

Spread the love

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार भन्दा बढी प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् ।

यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन प्रक्रिया भोलिदेखि सुरु हुनेछ । नयाँ नेतृत्वका लागि सोमबार मतदान हुनेछ । पार्टी सभापतिमा संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवाको उम्मेदवारी दिने बताइसकेका छन् । त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

संस्थापन इतर पक्षबाट साझा उम्मेदवार उठाउने प्रयास जारी छ । तर साझा उम्मेदवार बनाउने प्रयास अझै सफल हुन सकेको छैन । यो पक्षबाट रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र सशांक कोइराला सभापतिका आकांक्षी देखिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनी राष्ट्रलाई खोप दान गर्ने कार्य जारी राख्न डब्ल्यूएचओको आग्रह

२०७८ मंसिर २४, शुक्रबार ०९:०१
Spread the loveविश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी राष्ट्रहरूले कोभिडविरुद्धको खोप भण्डारण सुरु गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । यसले अझै धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित पार्न सक्ने डब्ल्यूएचओले जनाएको छ । ओमिक्रोन भाइरसबाट जोगिनका लागि कतिपय धनी राष्ट्रहरूले […]

समाचार छुट्याे की?