दुवै मात्रा खोप लगाएका नागरिकलाई अब बुस्टर डोजः स्वास्थ्यमन्त्री

Spread the love

पाल्पा । स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोना विरुद्धको खोपबाट नागरिक बञ्चित हुन नपर्ने बताएका छन् ।

सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकोले दोस्रो पटकको खोप लगाउन पाउने उनले बताए । पाल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी सरकारले गरेको बताए ।

सरकारले सबै स्थानीय तहमा अस्पतालको व्यवस्थापन गर्न पाँचदेखि २० शय्याको अस्पताल निर्माणका निम्ति बजेट विनियोजन गरिएको उनले बताए । सामान्य बिरामीहरु स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार गराउने व्यवस्था गर्न बजेटको सुनिश्चित गरिएको मन्त्री खतिवडाले बताए ।

उनले स्वास्थ्य बीमामा देखिएको समस्या समधान गर्न सरकार तयार रहेको बताए । सरकारले नागरिकको सुविधाका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई राहत हुनुपर्ने बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

२०७८ मंसिर २४, शुक्रबार २३:२१
Spread the loveकाठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) ले पुबुदु दसानायकेलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । अस्ट्रेलियाका डेभ ह्वाटमोरले राजीनामा दिएपछि पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । पुबुदु यसअघि पनि ४ वर्ष नेपाली […]