नाइजेरियाको मस्जिदमा बन्दुकधारीको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु

Spread the love

नाइजेरियाको मध्य राज्य नाइजरमा रहेको एक मस्जिदमा बन्दुकधारीहरुले गरेको अन्धाधुन्ध आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दाले भने आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएका छन् ।

यस आक्रमणको कारण तत्काल थाह हुन सकेको छैन । स्थानीय स्तरमा ‘ब्यान्डिट्स’ भनेर चिनिने अपराधीहरूको गिरोहले उत्तरपश्चिम र मध्य नाइजेरियाका समुदायहरूलाई वर्षौंदेखि आतङ्कित पार्दै आएकोले यसमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ ।

स्थानीय प्रहरी प्रमुख मण्डे बाला कुर्यासले भने, “मोटरसाइकलमा भारी सशस्त्र मानिसहरूले माशेगु जिल्लाको दुर्गम बाको गाउँमा उपासकहरूले प्रार्थना गरिरहेको बेला बुधबार मस्जिदमा आक्रमण गरेका हुन् ।’

घटनापछि घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ भने प्रहरी र नागरिक सुरक्षा अर्धसैनिक कर्मचारीहरूको संयुक्त टोली त्यस क्षेत्रमा खटाइएको एक प्रहरी अधिकृतले बताए । आक्रमणपछि मस्जिदबाट १६ वटा शव सङ्कलन गरेको स्थानीयवासी अमादु हमिसुले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुवै मात्रा खोप लगाएका नागरिकलाई अब बुस्टर डोजः स्वास्थ्यमन्त्री

२०७८ मंसिर २४, शुक्रबार २३:१३
Spread the loveपाल्पा । स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोना विरुद्धको खोपबाट नागरिक बञ्चित हुन नपर्ने बताएका छन् । सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकोले दोस्रो पटकको खोप लगाउन पाउने उनले बताए । पाल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप […]