एमालेको जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा हुने

Spread the love

काठमाडौं । नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरमा जारी (एमाले)को दोस्रो केन्द्रीय कमिटीको बैठकले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

बैठकले एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गरेको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो ।

आज दिउँसोदेखि जारी बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो गठन, कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलगायत १५ वटा कार्यसूची रहेको छ । बैठक आइतबारसम्म सञ्चालन हुने छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विदेशबाट अवैध रूपमा सुन भित्राउने क्रम रोकिएन, तीनजना पक्राउ

२०७८ मंसिर २५, शनिबार २०:२६
Spread the loveकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्राउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ । सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्राएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत घर भएका ३१ वर्षीय […]

समाचार छुट्याे की?