नेपालमा ९१ लाख ६८ हजारले लगाए कोभिडविरुद्ध पूर्ण खोप

Spread the love

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको दुई करोड मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको जानकारी दिए । उनका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ ।

तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सबभन्दा बढी शुक्रबार खोप लगाएका छन् । उनका अनुसार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदैछ ।

यस्तै लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिंहद्वारा पार्टी सभापतिमा उम्मेदवारी घोषणा

२०७८ मंसिर २५, शनिबार १३:४०
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरी सिंहले आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा सिंहले वर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिसम्मत चलाउन नसकेकाले यस्तो नेतृत्व फेरि दोहोरिन नहुने भन्दै आफूले उम्मेदवारी […]

समाचार छुट्याे की?