प्रतिस्पर्धाको मैदानबाट बाहिरिने पौडेलको घोषणा

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफू प्रतिस्पर्धामा नरहने घोषणा गरेका छन् । शनिबार विज्ञप्ति जारी गरी पौडेलले आफू प्रतिष्पर्धामा नरहे तर राजनीतिमा भने सक्रिय नै रहने बताएका छन् ।

मनोनयनका क्रममा संस्थापनइतरबाट सर्वसम्मत सभापति उम्मेदवार हुने प्रयासमा विभिन्न चरणमा छलफल गरे पनि एउटै समूहका अरु आकांक्षीको साथ नपाए पछि पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् । सभापतिका लागि प्रकाशमान सिंहले अडान लिएपछि अन्ततः पौडेल चुनावी दौडबाट बाहिरिएका हुन् । पौडेल समूहमा उम्मेदवारका विषयमा कुरा नमिलेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेरो अवधारणामाथि ओलीजीले टिप्पणी गर्न चाहिँ अलि हतारमा गर्नु भएछः गगन थापा

२०७८ मंसिर २५, शनिबार १४:४२
Spread the love गगन थापा । आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसंध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुशी लाग्यो । तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ । मैले २०७२ मा संविधान जारी भएपछि सम्पन्न तेह्रौं […]