राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

Spread the love

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) ले पुबुदु दसानायकेलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

अस्ट्रेलियाका डेभ ह्वाटमोरले राजीनामा दिएपछि पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । २०११ को अक्टोबरमा पहिलो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका दसानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागमती प्रदेशसभाको अधिवेशन पुस ७ गतेका लागि आह्वान

२०७८ मंसिर २५, शनिबार ११:३८
Spread the loveबागमती । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

समाचार छुट्याे की?