
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विष्णु प्रसाद न्यौपानेले पार्टीको महाधिवेशनमा प्यानललाई भन्दा पनि नेता छान्न मतदातालाई आग्रह गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिलाई कांग्रेसलाई नयाँ स्वरुपमा अघि बढाउन व्यक्तित्व हेर्न आग्रह गरेका हुन् ।
उनले सभापतिमा प्रकाशमान सिंह, महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल तथा सदस्यहरुमा मोहन आचार्य, सीता गुरुङ र दिपछिरिङ शेर्पालाई विजयी गराउन आग्रह गरेका छन् । उनले प्यानल भन्दा पनि व्यक्ति छनौट गरेमा पार्टी आगमी दिनमा नयाँ उर्जाका साथ अघि बढ्ने बताएका छन् । महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।