कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

Spread the love

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । पार्टीको १४ महाधिवेशनबाट थापा र शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन् । थापाले ३०२३ मत ल्याएका छन् भने शर्मााले १९८४ मत प्राप्त गरेका छन् । प्रकाशशरण महत १५५६,प्रदीप पौडेल १३९३, मिनेन्द्र रिजाल ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएका छन् ।

निर्वाचन समितिले मतपरिणामको औपचारिक घोषणा भने गरेको छैन । सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ । जित सुनिश्चित भएपछि शर्माले कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो जित सिंगै कांग्रेस रूपान्तरण अभियानको प्रारम्भ भएको बताए । उनले बाँकी कुरा सुन्दरीजलबाट सुनाउने बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, चाँगुनारायण नगरपरिषद् , भक्तपुर गठन सम्पन्न

२०७८ पुष १, बिहीबार १५:४३
Spread the loveभक्तपुर, पाैष ३; चाँगुनारायण नगरपालिकामा बसोबास गर्ने, पूर्व सुरक्षाकर्मीहरूको मिति २०७८ पुस ३ गते चाँगुनारायणमा आयोजित बृहद् भेलाले, गोकर्ण पुरीको अध्यक्षतामा १९ सदस्यिय नगर परिषद् गठन गरेको छ। मातृभूमि नेपाल र नेपाली जनताको सुरक्षाको लागि आफ्नो अमूल्य जिवन समर्पण गरेका विर योद्धाहरु, जिवनको अन्तिम घडीसम्म राष्ट्र र जनताको […]

समाचार छुट्याे की?