पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, चाँगुनारायण नगरपरिषद् , भक्तपुर गठन सम्पन्न

Spread the love
भक्तपुर, पाैष ३; चाँगुनारायण नगरपालिकामा बसोबास गर्ने, पूर्व सुरक्षाकर्मीहरूको मिति २०७८ पुस ३ गते चाँगुनारायणमा आयोजित बृहद् भेलाले, गोकर्ण पुरीको अध्यक्षतामा १९ सदस्यिय नगर परिषद् गठन गरेको छ। मातृभूमि नेपाल र नेपाली जनताको सुरक्षाको लागि आफ्नो अमूल्य जिवन समर्पण गरेका विर योद्धाहरु, जिवनको अन्तिम घडीसम्म राष्ट्र र जनताको सुरक्षाका लागि सँधै चनाखो हुनुपर्ने भन्दै, समस्त पूर्व सुरक्षाकर्मीहरुको हक हितका विषयमा सम्बधित निकायसँग विभिन्न समयमा पेश भएका मागपत्रको छिटो कार्यान्वयन गर्नुपर्ने कुरालाइ प्रमूखताका साथ उठाइएको थियो। मन्तव्यको क्रममा प्रमूख अतिथि उपरथी (अ.प्रा.) भरत खड्काले, निवृत्तीभरणमा समाजमा फर्किएका सबै रक्षकलाई कम आँक्न नमिल्ने भन्दै, मागपत्र तत्काल कार्यन्वयन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। परिषद्का केन्द्रिय अध्यक्ष के.वि.राउत र उपाध्यक्ष पुष्पाखर गौतमले परिषद् गठनको उदेस्य र हालसम्म सम्पन्न गरिएका कार्यहरुको वारेमा सभालाइ जानकारी गराउनु भएको थियो। गोकर्ण पुरीको सभापतित्व र उपरथी (अ.प्रा.) भरत खड्काको प्रमूख आतित्थ्यतामा भएको उक्त समारोहमा परिषद्का केन्द्रीय पदाधिकारिहरु, जिल्ला संयोजक तथा विभिन्न जिल्ला र नगरका संयोजकहरु समेत सहभागी थिए ।
चाँगुनारायण नगरपालिका, पूर्व सुरक्षाकर्मी परिषद् नेपालमा निर्वाचित पदाधिकारीहरु
• अध्यक्ष — गोकर्ण पुरी
• उपाध्यक्ष — सुदर्शन दाहाल
• उपाध्यक्ष — कृष्ण बानियाँ
• उपाध्यक्ष — लक्ष्मण श्रेष्ठ
• सचिव — श्याम भँडेल
• सहसचिव — अनोज पण्डित
• कोषाध्यक्ष — विनोद साख
• सदस्य — कृष्ण गिरी
• सदस्य — सुरेश बन
• सदस्य — प्रेम बहादुर सुवाल
• सदस्य — महेश्वर खड्का
• सदस्य — बिनोद न्यौपाने
• सदस्य — राज कुमार भँडेल
• सदस्य — माधव के.शी.
• सदस्य — दत्त प्रसाद तिमिल्सिना
• सदस्य — मदनकष्ण पन्त
• सदस्य — प्रेम सुलु
• सदस्य — वासुदेव घोरासयने
• सदस्य — लक्ष्मी खत्री
सल्लाहकार परिषद्
१.उपरथी (अ.प्रा.) भरत खड्का
२. विनोद खत्री
३. मखनसिंह तामाङ्ग
नगर परिषद् मा निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाइ एवम शुभकामना छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व सुरक्षाकर्मी परिषद् नेपालको काभ्रे जिल्ला परिषद् गठन सम्पन्न

२०७८ पुष ३, शनिबार १८:५४
"राष्ट्रको सेवा गर्ने कसम खाएर बर्दी लगाएको सपूत कहिल्यै अवकास नहुने र जिवनको अन्तिम स्वास रहुन्जेल मातृभूमिप्रति आफ्नो कर्तव्य भूल्न नहुने"