बनेपा, पौष १०; काभ्रेपलान्चोक जिल्लामा बसोबास गर्ने, पूर्व सुरक्षाकर्मीहरूको आज बनेपामा आयोजित बृहद् भेलाले, दिपक प्रसाद तिमिल्सिनाको अध्यक्षतामा ४१ सदस्यिय जिल्ला परिषद् र ६ जनाकाे सल्लाहकार समिति गठन गरेको छ। “सयौँ थुङ्गा फूलका हामी” बोलको सुमधुर धुन पश्चात, विरगती प्राप्त समूतहरूकाे सम्मान गरी पानसमा वत्ती बालेर शुरू भएकाे यस कार्यक्रममा, नेपाल र नेपाली जनताको सुरक्षाको लागि आफ्नो अमूल्य जिवन समर्पण गरेका विर योद्धाहरु,
जिवनको अन्तिम घडीसम्म राष्ट्र र जनताको सुरक्षाका लागि सँधै चनाखो हुनुपर्ने भन्दै, समस्त पूर्व सुरक्षाकर्मीहरुको हक हितका विषयमा सम्बन्धित निकायसँग विभिन्न समयमा पेश भएका मागपत्रको छिटो कार्यान्वयन गर्नुपर्ने कुरालाइ प्रमूखताका साथ उठाइएको थियो। मन्तव्यको क्रममा प्रमूख अतिथि प्रधान सेनापति महारथी (अ.प्रा.) रुकमाङ्गद कटवालले, राष्ट्र, राष्ट्रियता र स्वाभिमानको लागि सदा सर्वदा उचो शिर गरेर अगाडी बढ्नुपर्छ भन्नुभयो।

यसैगरी बनेपा नगरपालिकाका मेयर, लक्ष्मी नरसिंह बादे श्रेष्ठले सुरक्षाकर्मी राष्ट्रका गहना भएको उल्लेख गर्दै, राजनीतिक चक्रमा फस्न नहुने र कर्तव्यपरायणता भुल्न नहुनेतर्फ सजग गराउनुभयो। बृटिस गोरखाका ईन्जिनियर वसन्त भुजेलले, राष्ट्रको सेवा गर्ने कसम खाएर बर्दी लगाएको सपूत कहिल्यै अवकास नहुने र जिवनको अन्तिम स्वास रहुन्जेल मातृभूमिप्रति आफ्नो कर्तव्य भूल्न नहुनेतर्फ सवैलाई सजग गराउनुभयो।
परिषद्का केन्द्रिय सदस्य हेम शंकर गिरीले संचालन गर्नुभएको उक्त कार्यक्रममा, केन्द्रिय अध्यक्ष के.वि.राउतले परिषद् गठनको उदेस्य र हालसम्म सम्पन्न गरिएका कार्यहरुको वारेमा सभालाइ जानकारी गराउनु भएको थियो। दिपक प्रसाद तिमिल्सिनाको सभापतित्व र प्रधान सेनापति महारथी (अ.प्रा.) रुकमाङ्गद कटवालको प्रमूख आतित्थ्यतामा भएको उक्त समारोहमा सुरक्षा अंगका वरिष्ठ अधिकारीहरू, परिषद्का केन्द्रीय पदाधिकारिहरु, जिल्ला संयोजक तथा विभिन्न जिल्ला र नगरका संयोजकहरु समेत सहभागी हुनुभएको थियो ।