काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले पूर्वप्राथमिक र प्राथमिक तहको पाठ्यपुस्तक क्रिश्चियन धर्म बढाउने गरी प्रकाशन गरी वितरण गरिएको भन्दै आपत्ति जनाएको छ ।
बुधबार परिषदका अध्यक्ष कोमलबहादुर राउतले शिक्षामन्त्री देवेन्द्र पौडेललाई ज्ञानपपत्र बुझाउँदै यस कार्यको निन्दा गरेका हुन् । परिषदले सनातन संस्कृतिमा आँच आउने यस्ता पाठ्यपुस्तक प्रकाशन गर्नेमाथि कारबाही गर्नसमेत माग गरेको छ ।
