गोरखा । गोरखा जिल्लाको शहिद लखन गाउँपालिकाका सबै वडाहरूमा पूर्व सुरक्षाकर्मी परिषद् नेपालको संगठन निर्माण कार्य सम्पन्न भएको छ । गोरखाबाट प्राप्त समाचार अनुसार वडा नम्बर १, बक्राङ्ग, वडा नम्बर २, मनकामना, वडा नम्बर ३, मनकामना, वडा नम्बर ४, ताक्लुङ्ग, वडा नंम्बर ५, ताक्लुङ्ग, वडा नम्बर ६, घैरुङ्ग वडा नम्बर ७, बुंकोट, वडा नम्बर ८, बुंकोट, वडा नम्बर ९, नामजुङ्गमा परिषद्को वडा समिति गठन भइसकेको छ ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपालका गण्डकी प्रदेश संयोजक उत्तर कुमार श्रेष्ठको विशेष सक्रियतामा शहिद लखन गाउँपालिका पूर्व सुरक्षाकर्मीहरुको शान, मान र इज्जत उचो बनाउन एकढिक्का भइ अघि बढेकोमा सम्पूर्ण पूर्व सुरक्षाकर्मीहरुमा शुभकमना व्यक्त गरिएको छ ।