
काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ का ५३ वर्षीय माधवप्रसाद तिमल्सिना रहेका छन् ।
उनले पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको ट्रान्सकृप्ट कीर्ते गरेको पाइएको छ । सोही किर्ते गरेको कागजपत्र राष्ट्रिय सहकारी विकास बोर्डमा पेश गरेकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।