
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहम राजदूत श्रीवास्तवले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।