काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीभित्रको बहसलाई केवल व्यक्तित्वको टक्करको रूपमा प्रस्तुत गर्नु ठीक नहुने बताएका छन् । फुटको संघारमा पुगेको जसपाभित्र बहसको मुद्दा विभिन्न रहेको भन्दै डा. भट्टराईले बहस नै फुट नभएको बताएका छन् ।
उनले भनेका छन्,‘पार्टीभित्रको वहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन ! जसपाभित्रको वहसका मुद्दा यी हुन्ः क्षेत्रीय कि राष्ट्रिय पार्टी ? सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति ? एकल नेतृत्व कि समावेशी सामुहिक नेतृत्व ? विधि संगत कि स्वेच्छाचारी कार्यशैली? बहस नै फुट हैन !’
पार्टीभित्रको वहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन!जसपाभित्रको वहसका मुद्दा यी हुन्ःक्षेत्रीय कि राष्ट्रिय पार्टी? सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति?एकल नेतृत्व कि समावेसी सामुहिक नेतृत्व? विधिसंगत कि स्वेच्छाचारी कार्यशैली? बहस नै फुट हैन! https://t.co/r1eCLdMAkt
— Baburam Bhattarai (@brb1954) June 30, 2022