काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो । बैठकका एजेन्डामा केन्द्रीय समितिका नयाँ सदस्यको सपथग्रहण, बैठक सञ्चालन प्रकृयाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट जानकारी, प्रदेशहरुका तर्फबाट रिपोर्टिङ रहेका छन् ।
यस्तै, अध्यक्ष प्रण्डबाट वर्तमान परिस्थितिबारे रिपोर्ट पेश र संगठनात्मक विषय प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ । स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने प्रचण्डले बैठकलाई जानकारी गराएका छन्।