
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रीको शपथ गराएकी हुन् ।
जसपाले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएर नयाँ टिम पठाएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । यसअघि नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको यो छैटौंपटक मन्त्रिमण्डल पुनर्गठन हो।