Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

५० शय्याको जनशक्तिले २०० शय्याको अस्पताल सञ्चालन

Posted on २०७९ असार २७, सोमबार १०:१६ By HT No Comments on ५० शय्याको जनशक्तिले २०० शय्याको अस्पताल सञ्चालन
Spread the love

दाङ । विसं २०६४ मा राप्ती प्रादेशिक अस्पताल ५० शय्याको थियो । यसपछि अस्पतालले दुई वर्षदेखि २०० शय्याको सञ्चालनको अनुमति पायो । दुईसय शय्याको सञ्चालनमा आए पनि अहिले अस्पतालमा ५० शय्याकै जनशक्तिले काम गरिरहेका छ । विगत दुई वर्षदेखि जनशक्ति थप गर्नका लागि दरबन्दी सिर्जना गर्ने अस्पतालको कार्यले पूर्णता पाउन सकेको छैन ।

दरबन्दी नहुँदा प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको जनाउँदै अस्पतालले पटक–पटक मन्त्री, सांसद तथा अन्य जनप्रतिनिधिसँग यो गुनासो राख्ने गरेका छन् । आइतबार मात्रै अस्पतालमा पुगेका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीसँग पनि अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले यही दरबन्दीकै गुनासो पोखे ।

केही दिनअघि अस्पतालका प्रतिनिधिले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुलाई सोही गुनासो गरेका थिए । “जनशक्ति व्यवस्थापनका लागि ओएमएन सर्वे गर्ने काम दुई वर्षदेखि प्रक्रियामै छ, अहिले त्यो फाइल मुख्यमन्त्री कार्यालयमा पुगेको छ, भन्ने सुनिएको छ”, अध्यक्ष न्यौपानेले भने, “त्यो फाइल किन अघि बढ्न सकिरहेको छैन, त्यो बुझ्न सकिएको छैन ।”

मुख्यमन्त्री कार्यालयबाट संघीय स्वास्थ्य मन्त्रालयदेखि अर्थमन्त्रालयसम्म पुग्नुपर्ने भएकाले प्रक्रिया अझै लामो रहेको जनाउँदै त्यो फाइल छिटो अगाडि बढाउनुपर्ने उनको भनाइ छ । फाइल अघि नबढेमा अझै पनि प्रभावकारी सेवा प्रदान गर्न समस्या हुने उनको भनाइ छ ।

अहिले प्रादेशिक अस्पताल ‘रेफर’ अस्पताल भनेर आलोचना गर्ने गरिएको जनाउँदै यसलाई सुधार गर्न दक्ष जनशक्ति आवश्यक पर्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले बताए ।

अस्पतालको छुट्टै आम्दानी नभएकाले पनि आफैँले कर्मचारी थप गर्न सक्ने अवस्था पनि नभएको उनको गुनासो थियो । “अस्पतालमा एमआरआइबाहेक भिडियो एक्सरे, सिटीस्क्यान, एक्सरेजस्ता ठूला सेवा सञ्चालनमा छन्, त्यसले गर्दा बिरामीको चाप बढिरहेको छ”, उनले भने, “त्योअनुसार अब जनशक्ति चाहिन्छ ।”

अस्तपालमा आइसियू सेवा पनि सुरु गर्नुपर्ने गरी तयारी भए पनि जनशक्ति नहुँदा त्यो सेवा पनि तत्काल सुरु गर्न सकिने अवस्था नरहेको डा सिंहको भनाइ छ । त्यस्तै पूर्वाधार पनि आवश्यक पर्ने डा सिंहको भनाइ छ । कोरोनाको बेला नियुक्त गरिएको जनशक्ति पनि साउनदेखि नवीकरण नगर्ने भएकाले पनि जनशक्तिको थप अभाव सिर्जना हुने भन्दै सरकारले उनीहरुको नियुक्ति थप गर्न आवश्यक रहेको उनको भनाइ छ ।

राप्ती प्रादेशिक अस्पताल प्रदेशस्तरीय भएकाले प्रदेशले त्यसलाई हेर्ने जिम्मा पाएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री केसीले बताए । “अस्पतालको पनि जिम्मेवारी बाँडफाँट भएको छ, प्रतिष्ठान सङ्घीय सरकार मातहत हुन्छ, यो अस्पताल प्रदेश सरकार मातहत छ, प्रदेश सरकारले पनि अस्पतालकालागि धेरै काम गरेको छ”, उनले भने, “सङ्घीय सरकारको तर्फबाट हामीले जे–जे गर्नुपर्छ, यसमा प्रतिबद्ध भएर लाग्ने छौँ ।”

अस्पतालमा हाल ६४ को दरबन्दीे छ । तीमध्ये स्थायी दरबन्दी जम्मा ३३ छन् । करारमा ११ , छात्रवृत्तिबाट १४ र सङ्घ संस्थाबाट १३ जना छन् । अस्पतालमा केही दिनअघि मात्रै ‘टोकन’ प्रणाली सुरु भएको छ, भने प्रदेशस्तरीय स्वास्थ्यकर्मी तालिम केन्द्र पनि सुरु भएको छ ।

Related

स्वास्थ्य

Post navigation

Previous Post: श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शनकारीले निवास नछाड्ने
Next Post: नागरिकता विधेयकबारे गृहमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • अर्थतन्त्र र समाजको अन्तरसम्बन्धको कारण एक क्षेत्रको अर्थ अस्थिरताले अरूलाई पनि चाँडै असर गर्न सक्छ।: अलेक्सेई अलेक्सेयेभिच नोभिकोभ, महामहिम राजदुत, रसियन फेडरेसन
  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme