काठमाडौं । निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बिहीबारको बैठकले शुक्रवार अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको समितिको बैठकले अर्थ मन्त्रालयबाट निवर्तमान अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण नआएकाले ठोस एजेण्डामा छलफल हुन नसकेकोे समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
उनले बुधबार अर्थ मन्त्रालयलाई शर्मासँग विषय कागज तथा विवरण माग गरेपनि नआएको बताए । सचिव शर्माले समितिले तोकिएको समयमा नै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोणसहितको कार्यतालिका भने पास गरेको बताए ।
उनले अब सात दिनभित्र नै अध्ययन प्रतिवेदन लेख्नेगरी काम गर्ने सहमति भएको बताए । सचिव अर्यालले शुक्रवार बिहान १० बजे समितिको बैठक बसेर मन्त्रालयबाट आएको कागजात तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थ सचिव र राजश्व सचिवसँग छलफल गरिने बताए ।
बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । समिति गठनसँगै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए ।