काठमाडौं । प्रतिनिधिसभाले करिव साढे दुईवर्षपछि आज उपसभामुख पाउँदैछ । उपपसभामुख चयनका लागि प्रतिनिधिसभामा आज मतदान हुँदैछ ।
उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेस सांसद पुष्पा भुसालको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दिएका छन् । उम्मेवारी मनोनयका लागि बिहीबार साढे एक बजेसम्म समय तोकिएको थियो । सो समयमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो ।