
बेलायतमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन कायम भएको छ । मौसमविद्हरूले मङ्गलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् ।
सोमबारको उक्त तापक्रम स्यान्टन डाउनह्याम, सफोकको हो र त्यसबाहेक प्राय ठाउँको तापक्रम ३७ डिग्री सेल्सियस नाघेको थियो। बेलायतको मौसम पूर्वानुमान सम्बन्धी कार्यालयले सोमबार र मङ्गलबार इङ्गल्यान्डका धेरैजस्तो क्षेत्रमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने र अत्यधिक गर्मी हुने चेतावनी दिएको थियो ।
सन् २०१९ मा केम्ब्रीजमा मापन गरिएको ३८.७ डिग्री सेल्सियस यूकेको हालसम्मको उच्च तापक्रम हो । त्यसअघि सन् २००३ मा केन्टको फाभरशाको तापक्रम ३८.५ डिग्री मापन गरिएको थियो। त्यसैले सोमवार त्यहाँको हालसम्मकै तेस्रो सर्वाधिक गर्मी दिन र यो वर्षको सबैभन्दा गर्मी दिन बन्यो ।
फ्लिन्टशायरको हावर्डेनमा ३७.१ डिग्री सेल्सियस तापमान मापन गरिएको थियो। मौसम कार्यालयको तथ्याङ्कका अनुसार त्यो जुन वेल्सको हालसम्मकै सर्वाधिक उच्च तापक्रम हो । रातको समयमा मध्ये २४–२५ डिग्री सेल्सियसको हाराहारीसहित तापक्रम उच्च रहने पूर्वानुमान गरिएको छ ।
मङ्गलबार बेलायतको पश्चिमी भूभागमा दिन केही शीतल हुनसक्छ तर मिडल्यान्ड्स र इङ्गल्यान्डको पूर्वी भागहरूमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारी रहन सक्छ। लिन्कनशायरमा तापमान ४२ डिग्री सेल्सियस पुग्न सक्ने सम्भावना आँकलन गरिएको छ ।