
काठमाडौं । मंगलबार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से मङ्गलबार १६ दशमलव २० अङ्कले बढेर दुई हजार ४५ दशमलव ६३ विन्दुमा पुगेको छ । कारोबार भएका सबै समूहको शेयर सामान्य बढेको छ । मंगलबार दुई सय १३ वटा कम्पनीका ५७ लाख १३ हजार कित्ता शेयर दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ९७ लाख र एभरेस्ट बैंक लिमिटेडको १० करोड रुपैयाँको शेयर किनबेच भयो । मंगलबार इमर्जिङ नेपालको शेयर आठ र गणपति लघुवित्तको शेयर सात प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि म्युचल फण्ड समूहका धेरै कम्पनीको मूल्य घटेको छ ।