काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत भट्टराईले पूर्वप्रधानमन्त्रीहरुलाई हराउने अभियानप्रति लक्षित गर्दै नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज नभएको उल्लेख गरेका छन् ।
उनले वर्तमान निर्वाचन प्रणालीबाट जो प्रधानमन्त्री भए पनि निस्कने यही फोहर भएको टिप्पणी गरेका छन्। त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने उनको मत छ ।
उनले भने,‘नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज छैन । तर दुई कुरामा ध्यानदिनु पर्ला–१.हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हैन ! २.यो खिचडी संसदीय/निर्वाचन प्रणालीको थोत्रो मेशिनबाट जो प्रम भए पनि निस्कने यही फोहर हो। अतःप्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाउँ न !’