
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज भएपनि भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
शनिबार सामाजिक संजालमार्फत शर्माले यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बन्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं । परराष्ट्र सम्बन्धमा व्यक्ति र दल होइन देशलाई केन्द्रमा राखेर बढौं । हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्याउँछौं ! नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ । भू–राजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ ।’
हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्याउँछौं ! नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ l भु-राजनैतिक संवेदनशीलता दृस्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 30, 2022