
बुटवल । रूपन्देहीको सिद्धार्थ नगरपालिका–१ बाईपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भारत घर भएका ४६ वर्षीय आशि साहुलाई आइतबार दिउँसो प्रहरीले रकमसहित पक्राउ गरेको हो ।
लु.६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।