
विराटनगर । वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिका–८, ९, १, २, ३ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अहिले बेलका–८ लाहुरे खोंच डुम्रीबोट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
बुधबार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसका असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा सतर्कता अपनाइएको छ ।