
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताइवानमा विकसित घटनाक्रमबारे चासो व्यक्त गरेका छन्।
चीनको विरोधका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चर्किएको चीन अमेरिकी तनावको विषयमा प्रचण्डले चासो व्यक्त गरेका हुन्। सचिवालयमार्फत प्रचण्डले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले भनेका छन्,‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ।’