
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३५१ जनाको नमूना परीक्षण गरिएको थियो ।
सो अवधिमा ४७० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ५६८६ पुगेको छ ।