काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। अभिनेता शाहीलाई शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस प्रवेश गराएका हुन्।
पुल्चोकस्थित मन्त्री निवासमा गृहमन्त्री खाँणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यतासमेत प्रदान गरेका सोलुखुम्बु तरुण दलका अध्यक्ष अशोक झाले जानकारी दिए ।
पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, अध्यक्ष विद्वान गुरुङ, ललितपुर कांग्रेसका सभापति दीपन्द्र श्रेष्ठलगायत उपस्थित थिए। अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकमलगायतका दुई दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।