
काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयक फिर्ताको सन्दर्भलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा नतान्न आग्रह गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विशाल भट्टराईले आफ्नो अधिकार प्रयोग गरेर राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि नागरिकता विधेयक संसदमा फिर्ता गरेको बताए ।
उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको विषयलाई एमालेसँग नजोड्न समेत आग्रह गरे । उनले भने,’नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरु विभाजित हुनुहुँदैन। राजनीतिक दलहरुबीच सहमति कायम गरेर नागरिकतासम्बन्धी निर्णय गरौं।’ उनले राष्ट्रपति भण्डारीले काननुविदहरुसँग बृहत छलफल गरेर राष्ट्र हितका लागि सो विधेयक फिर्ता गरेको बताए ।