काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले शान्तिप्रक्रियाका विषयमा कसैले आपत्ति जनाउनुनपर्ने बताएकी छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकबारे दलहरुले आफ्नो संशोधन राख्न सक्ने बताइन् ।
द्वन्द्वपीडितहरु धर्ना बसेको, मानवअधिकार आयोगले पनि छिटो टुंग्याउन भनिरहेको अवस्थामा यसलाई छिटो पारित गर्नुपर्नेमा उनले जोड दिइन् । यसअघि मंगलबार नै बसेको प्रतिनिधिसभा बैठकमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गरेको छ।