काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग प्रधानसेनापति प्रभुराम शर्माले भेटवार्ता गरेका छन् । बुधबार गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतीबारे छलफल भएको जनाइएको छ ।