
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले ४५१ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीमा ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन गरिएको एमालेले जनाएको छ ।
बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने र विजय हासिल गर्ने अठोटका साथ लाग्न निर्देशन दिएका छन् ।