काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले सबैको सहमतिमा नै नागरिकतासम्बन्धी विधेयक ल्याइएको दाबी गरेका छन्।
सोमबार बसेको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सरकारले सहमतिमै र प्रक्रिया पूरा गरेर राज्य व्यवस्था समितिको फरक मतसहितको विधेयक फिर्ता गरेको र नयाँ विधेयक पनि सहमतिमा नै ल्याएको दाबी गरेका हून्।
अहिले पनि लाखौं नागरिकहरु नागरिकताबिहिन भएर बस्नु परेको भन्दै उहाले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने उद्देश्यले सरकारले विधेयक ल्याएको धारणा राखे।
उनले नयाँ कानून अनुसार नागरिकता पाउनेहरु मतदाता सूचीमा नरहेका कारण नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पारे। गृहमन्त्री खाँणले विधेयकका विषयमा राष्ट्रपतिले उठाएका सवाल महत्वपूर्ण रहेकाले कतिपय बिषय सम्बोधन गरेर नै अघि बढ्नुपर्ने धारणा राखे।
बैठकमा केही सांसदहरुले केहि सांसदहरुले संशोधनको बिषयमा पनि छलफल हुनुपर्ने धारणा राखेका थिए भने केहि सांसदहरुले संसदबाट नै अस्वीकृत भएका संशोधनका बिषयमा छलफल गर्न उपयुक्त नहुने धारणा राखेका थिए। समितिको अर्को बैठक बुधबार बोलाइएको छ।