
काठमाडौं । राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको पार्टीको संसदीय बोर्डको बैठकले केसी र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । केसीलाई बागलुङ क्षेत्र नम्बर एक र पौडेललाई प्यूठानबाट उम्मेदवार बनाउने बैठकले निर्णय गरेको छ ।