
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य सुधार भएको छ । आइतबार नेप्से परिसूचक ६.६८ अंक बढेर १९७७ दशमलव ३० बिन्दुमा पुगेको छ ।
त्यस्तै,सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५७ अंक बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ६५ अंक बढेको छ । आइतबार कारोबारमा आएका २२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक १.८५ प्रतिशत बढेको छ ।
त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ । आइतबार रुरु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ ।
यता सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन करिव ३ प्रतिशत घटेको छ । आइतबार रिडी पावर ८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।