काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरु आइतबार तय गर्ने भएको छ । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार बसेको सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामकाबारेमा छलफल भएको र आइतबार उम्मेदवार तय गर्ने जानकारी दिए ।
बैठकमा महासचिव शंकर पोखरेलले ११० जना सिफारिस गनुपर्ने र त्यसको कानुनी व्यवस्था तथा संख्याको बारेमा जानकारी गराएका थिए। उनले प्रदेशगत कलस्टरमा रहने व्यक्तिहरुको नाम प्रदेशगत सिफारिसका बारेमा सामान्य जानकारी गराएको उपमहासचिव गुरुङले बताए।
बैठकमा अछाममा बाढी–पहिरोको घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरुको खोजी, राहत र उद्धारको काम छिटो गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको गुरुङले जानकारी दिए।