काठमाडौं । शेयर बजार आइतबार ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन, जलविद्युत्, व्यापार, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से परिसूचक घटेको दिन दुई सय २९ वटा कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर एक अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज बलेफी हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत योजना १ को शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।