
अमेरिकासँग आफ्ना बन्दीहरु आदानप्रदान गरी रिहा गर्न इरान तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न तयार रहेको बताएका हुन् ।
इरानी समाचार समिति, इस्नासँग उनले भने, ‘हामी अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न पहिले पनि तयार थियौँ र अहिले पनि हामी तयार नै छौँ ।’
उनले यसका लागि अमेरिकासँग विभिन्न समय र विभिन्न तरिकाबाट कुराकानी भएको जानकारी गराए । यस विषयमा केही समयअघि भियनामा भएको आणविक वार्ताका क्रममा अमेरिकासँग आवश्यक मात्रामा छलफल भएको जानकारी पनि उनले दिएका छन् ।