काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभामा यसवर्ष टिकट पाएनन् । यसअघि प्रतिनिधिसभा निर्वाचनमा मोरङ २ बाट विजयी भएका नेता रिजाललाई यसपटक कांग्रेसले टिकटबाट बञ्चित गरेको हो ।
रिजालको ठाउँमा कांग्रेसले सुजाता कोइरालालाई टिकट दिएको छ। मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको छ । जसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन्। क्षेत्र नम्बर ४ र ५ मा भने नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ।