झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।
आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली शनिबार नै झापा आएका थिए । अध्यक्ष ओलीको उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थकहरू समेत तोकिएको छ ।
अध्यक्ष ओलीको प्रस्तावकहरुमा केन्द्रीय सदस्य रोमनाथ ओली र प्रदेश सदस्य अम्बिका खनाल छन् । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्की छन् ।