
काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभा तर्फ २५७ उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तर्फ ११९ र प्रदेशसभा तर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभातर्फ २४ सय १२ उमेदवार कायम भएका छन् ।
जसमा पुरुष २१ सय ८७ र महिला २२५ जना छन् । त्यस्तै प्रदेशसभातर्फ ३२ सय २४ उम्मेदवार कायम भएका छन् जसमा पुरुष २९ सय ४३, महिला २८० र अन्यमा १ जना रहेका आयोगले जनाएको छ । उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन बुधबार बिहान १० बजेदेखि दिउँसो एक बजेसम्मको समय दिइएको थियो ।