Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

नवौँ राष्ट्रिय खेलकुदमा १५ स्वर्ण सहित सेना शीर्षस्थानमा

Posted on २०७९ आश्विन ३०, आईतवार ०९:१७ By HT No Comments on नवौँ राष्ट्रिय खेलकुदमा १५ स्वर्ण सहित सेना शीर्षस्थानमा
Spread the love

गण्डकी । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ । यसैगरी बागमती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ ।

सशस्त्र प्रहरीको (एपिएफ) चार स्वर्ण, छ रजत र नौ कास्यसहित १९ पदक लिएर पदक तालिकाको तृतीय स्थानमा छ । आयोजक गण्डकी प्रदेशले हालसम्म दुई स्वर्ण, दुई रजत र छ कास्यसहित १० पदक जितेको छ । यसैगरी नेपाल प्रहरीले दुई स्वर्ण, एक रजत र तीन कास्यसहित छ पदक तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र तीन कास्यसहित चार पदक जितेको छ । लुम्बिनी प्रदेशले चार रजत, एनआरएनएले एक रजत र प्रदेश नं १ ले पाँच कास्य पदक जितेका छन् ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीको सहभागिता रहेकामा कर्णाली प्रदेश र मधेस प्रदेशले पदकको खाता खोल्न सकेका छैनन् । नवौँ राष्ट्रिय खेलकुदको यही असोज २८ गते भव्य उद्घाटन गरिएको हो । प्रतियोगिता आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । कतिपय खेल उद्घाटनअगावै सञ्चालन गरिएको थियो । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा प्रतियोगिताअन्तर्गतका खेल जारी छन् भने केही खेल सुरु हुँदैछन् । कबड्डी महिला तथा पुरुष र खोखो महिला तथा पुरुषको खेल आजदेखि पोखरामा सुरु हुने प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए ।
तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार स्वर्ण पदक जितेको छ । महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठ एकल पुम्सेमा विजयी भएका बताए । महिलातर्फ सेनाकी स्वतिका तामाङ दोस्रो, प्रदेश नं १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारी तेस्रो भएका छन् । पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज राना द्वितीय, गण्डकीका आयुष गुरुङ र प्रदेश नं १ का विवेक राई तेस्रो भए ।

पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत प्रथम, सेनाका दीपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्री दोस्रो, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकृत तथा प्रदेश नं १ का विवेक राई र सुविक्षा राई तेस्रो भएका छन् ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बू, जितबहादुर भाट र कमल श्रेष्ठ प्रथम, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेल द्वितीय, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्र प्रहरीका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहाल तेस्रो भए ।

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्री प्रथम, पुलिसका निशा दर्नाल, सीता तामाङ, मोनिका रम्तेल द्वितीय, सशस्त्र प्रहरीका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश नं १ का मनिषा विश्वकर्मा, शान्ति राई र सुशीला राई तेस्रो भए । तेक्वान्दोको पुम्मे विधातर्फको सबै खेल सकिएको राखेपका प्रमुख तेक्वान्दो प्रशिक्षक श्रेष्ठले बताए ।

गेरोगीतर्फ शनिबार महिलाको ५३ र पुरुषको ५८ केजी तौल समूहको पहिलो चरणको खेल सकिएको छ । महिलाको ५३ केजी तौल समूहबाट सेनाका गीता कडायत, लुम्बिनी प्रदेशका निलिमा मल्ल, प्रहरीका आयुशा लामा र सशस्त्र प्रहरीका अस्मिता खड्का क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ५८ केजी तौल समूहबाट मधेस प्रदेशका सोव अख्तर, बागमतीका रेहन केसी, पुलिसका सुवासचन्द्र बोहोरा र सेनाका लोकबहादुर राउत क्वाटरफाइनल प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सातवटा प्रदेश, तीनवटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका प्रशिक्षक कर्ण प्रधानले २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिनुभयो । स्वर्ण र कास्य २२–२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

कराँतेको स्वर्ण एपिएफ र पुलिसलाई
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतको कुश्मामा भइरहेको करातेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ । शनिबार अबेर सम्पन्न भएको पुरुष एकल कातामा सशस्त्र प्रहरी बलका स्वर्णिम मानन्धरले स्वर्ण पदक हात पारेका छन् । बागमती प्रदेशका रेहान जावेदले रजत, प्रदेश नं १ का आशिष मगर र नेपाल प्रहरीका महसुस तामाङले कास्य पदक हात पारेका हुन् ।

त्यस्तै महिला एकल कातातर्फ नेपाल प्रहरीका चन्चला दनुवारले स्वर्ण, नेपाली सेनाका सङ्गीता मगरले रजत, कर्णाली प्रदेशका एलिसा रास्कोटी र सुदूरपश्चिम प्रदेशका वर्षा साउदले कास्य पदक हात पारेकी छन् । पुरुष समूह काता र महिला समूह काताका प्रतियोगिता भने शनिबार साँझसम्म सम्पन्न हुने राष्ट्रिय कराते महासङ्घका प्रचार प्रमुख गजेन्द्र खपाङ्गीले जानकारी दिए । उनका अनुसार आज बिहान ८ बजेदेखि अन्य प्रतिस्पर्धाअन्तर्गतका प्रतियोगिता हुनेछन् ।

यसमा महिला ५५ केजी, पुरुष ७५ केजी, महिला ६१ केजी, र पुरुष ८४ केजीभन्दा माथिको तौल समूह गरी चारवटा खेल हुनेछन् । यी समूहको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुनेछन् ।

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजीभन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजीभन्दा तल र पुरुष ८४ केजीभन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । यी विधाको सेमिफाइनल र फाइनल खेल सोही दिनको दिउँसो १ बजेपछि खेलाउने तयारी छ । कात्तिक १ गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० केजी र पुरुष ५० केजी तौल समूह गरेर चारवटा ‘इभेन्ट’ मा खेल हुनेछन् । यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउँसो १ बजेपछि हुनेछन् ।

आउँदो कात्तिक २ गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुनेछन् । टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछन् । करातेका मुख्य सहायक प्रशिक्षक तथा प्रतियोगिताका सदस्य दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश कराते ५३औँ राष्ट्रिय कराते प्रतियोगिता हो ।

महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी कुल १९ ‘इभेन्ट’ मा खेल हुनेछ । ती ‘इभेन्ट’ बाट खेलाडीले ३२ स्वर्ण, ३२ रजत र ६४ कास्य गरी कुल एक सय २८ पदक प्राप्त गर्नेछन् । कराते सात प्रदेश, सेना, सशस्त्र प्रहरी र प्रहरी गरेर तीन विभागीय तथा एनआरएनएको एक टोली गरेर ११ समूह दुई सय ९० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

Related

खेलकूद

Post navigation

Previous Post: शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
Next Post: शताब्दी पुरुष जोशीको निधनबाट पीडाबोध भएको छः राष्ट्रपति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • अर्थतन्त्र र समाजको अन्तरसम्बन्धको कारण एक क्षेत्रको अर्थ अस्थिरताले अरूलाई पनि चाँडै असर गर्न सक्छ।: अलेक्सेई अलेक्सेयेभिच नोभिकोभ, महामहिम राजदुत, रसियन फेडरेसन
  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme