
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने बताएका छन् ।
रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको उनले बताए । रुसले कामिकाजे ड्रोन र क्षेप्यास्त्रहरूले युक्रेनमा आक्रमण गरिरहेको छ ।
‘दुश्मनले हाम्रा सहरहरुमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन’ उनले भने । राजधानीका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गरेका छन् ।