काठमाडौं । महिलाको तस्वीर दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का २१ वर्षीय रवीन्द्र भण्डारीलाई पक्राउ गरेको हो ।
उनले पीडित महिलाको तस्वीर अर्को व्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको भन्दै पीडित महिलाका श्रीमानले जाहेरी दिएका थिए ।
नेपाल प्रहरीको साइबर ब्यूरोले कात्तिक ३ गते पक्राउ गरेका उनलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।