काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिदीबहिनीबाट भाइटीका लगाएका छन् । भक्तपुरको बालकोटस्थित निवासमा अध्यक्ष ओलीलाई विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीले भाइटीका लगाइ दिएका हुन् ।
उनीहरुले टिका लगाइदिएपछि ओलीले पनि उनीहरुलाई टिका लगाइदिएका थिए । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ।