काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।
अध्यक्ष ओलीको हातको पञ्जा ‘स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरिएको थियो । एमालेको घोषणापत्रमा २० हजार शब्द छन् भने त्यसमा मुख्य दुई प्रश्न सोधिएको छ । घोषणापत्रमा २ वर्षमा विद्युत्मा पहुँच हुने जनसंख्या सत प्रतिशत पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ।