Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

नारायणी किनारका होटलमा पर्यटकको आकर्षण

Posted on २०७९ कार्तिक २४, बिहीबार १२:०२ By HT No Comments on नारायणी किनारका होटलमा पर्यटकको आकर्षण
Spread the love

नवलपुर । दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् ।

जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का सञ्चालक वसन्त पराजुलीले अहिले होटलमा पाहुनाको आगमन बढ्न थालेको बताए ।

“दसैँ, तिहार र छठको बिदासँगै यहाँका होटलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ”, उनले भने, “अघिल्ला वर्षहरुको यो समयमा होटलको अकुपेन्सी मुस्किलले ४० प्रतिशत पुग्ने गरेकोमा अहिले ७० प्रतिशतसम्म पुगेको छ ।”

नारायणी नदी किनारबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक नदी किनारका होटलमा केन्द्रित हुने गरेको पराजुलीको भनाइ छ ।

“जिल्लामा विभिन्न ठूला कार्यक्रम हुने गरेका छन्, उनीहरुको रोजाइमा पनि नदी किनारका होटल नै परेका छन्”, पराजुलीले भने, “नदी किनारबाट देखिने सूर्यास्त, मोटरबोट सयरलगायत विभिन्न कारण नदी किनारको होटलमा आकर्षण बढेको हुनसक्छ ।”

चितवनको सौराहा केन्द्रित हुने पर्यटक अहिले नारायणी नदी किनारका होटलमा विस्तार भइरहेका पराजुलीको भनाइ छ । यहाँ आउने पर्यटक पवित्र तीर्थस्थल देवघाटधाम, ऐतिहासिक महत्वको मौलाकालिका मन्दिरलगायतका ठाउँमा घुम्ने गरेका पराजुलीले बताए ।

होटल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष रानामगरले जङ्गल सफारी, जीप सफारी, डुङ्गा सफारीलगायतका लागि पर्यटक आउने हुँदा नारायणी नदी किनारका होटल उनीहरुको रोजाइमा पर्ने गरेको बताए ।

“नारायणी नदी वारि रहेका अमलटारी, पिठुवासहितका सामुदायिक वनमा जीप सफारी, ट्रेकिङ, नारायणीमा डुङ्गा सफारीजस्ता पर्यटकीय गतिविधि हुने गरेका छन्”, रानामगरले भने, “दुर्लभ एकसिङ्गे गैँडा, मयुर, भालु, मृगजस्ता जनावर जङ्गल सफारीमा सहजै देख्न पाइने हुँदा अहिले पर्यटकको आगमन राम्रो छ ।”

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहाको विकल्पका रुपमा नवलपुर क्षेत्र उदाउँदै जाँदा नारायणी नदी किनारका होटलमा आकर्षण बढेको राना मगरले बताए ।

“केही हप्ताअघि राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नवलपुरमा आयोजना हुँदा यहाँको पर्यटन क्षेत्रलाई थप बल पुगेको छ”, रानामगरले भने, “अहिले जिल्लामा आउने पर्यटक दुईतीन दिनको बसाइँमा आउने गरेका छन् उनीहरुलाई एक हप्तासम्म राख्ने गरी हामीले प्याकेज बनाउँदै छौँ ।”

जिल्लामा रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय स्थलहरुलाई समेटेर व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने लैजाने योजना रहेको रानामगरले बताए ।

“नवलपुरमा बसुन्जेल आन्तरिक पर्यटक खुलेर रमाइलो गरुन् भन्ने तरिकाले हामीले यहाँको पर्यटनलाई व्यवस्थित गर्ने योजना बनाएका छौँ”, रानामगरले भने, “हामीकहाँ आउने पर्यटकले यहाँ खाँदा बस्दा पैसा सकिएको अवस्थामा उनीहरुलाई हामी आफैँ गाडीभाडा हालेर घर पठाउने व्यवस्था गर्ने गरी छलफल अघि बढाएका छौँ, त्यस्तो गर्न सकियो भने नेपालमै नवीन पर्यटकीय ठाउँ बन्नेछ नवलपुर ।”

नवलपुरमा तीन प्रकारको हावापानी पाइने भन्दै उनले राजमार्गबाट उत्तरतर्फ पाँच किलोमिटरको दूरीमा चिसो हावापानी, राजमार्ग क्षेत्र र राजमार्गबाट दक्षिणतर्फ सिमसार छुट्टै हावापानी पाइने बताए ।

नवलपुरको त्रिवेणीधाम, दाउन्नेदेवी मन्दिर, धौवादीको फलाम खानी, देवचुली डाँडा, शाश्वत धाम, मौलाकालिका मन्दिर, देवघाटधाम, चितवन राष्ट्रिय निकुञ्जका सामुदायिक वनलाई पर्यटनसँग जोडेर प्याकेज बनाउने तयारी भइरहेको राना मगरको भनाइ छ ।

यहाँको पहाडी क्षेत्रमा गुरुङ, मगरको तथा तराईमा थारु समुदायको संस्कृति, परम्परागत खानपानमा पर्यटकलाई रम्ने वातावरण बनाउँदै नदी केन्द्रित पर्यटनको क्षेत्र विस्तार गरिने उनको भनाइ छ ।

जिल्लामा रहेका करिब आठ सय होटलमध्ये नारायणी किनारमा मात्रै अहिले दुई सयको हाराहारीमा होटल सञ्चालनमा रहेका राना मगरले बताए ।

यो समयमा नारायणी किनारका सबै होलटमा ७० देखि ७५ प्रतिशत अकुपेन्सी रहेको राना मगरले बताए । जिल्लाका सानाठूला होटलमा गरी करिब तीन हजार कोठा रहेका राना मगरको भनाइ छ ।

होटल व्यवसायी महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुकेले नारायणी नदी किनार पर्यटकीय दृष्टिकोणले आकर्षित बन्दै जाँदा यहाँ आउने पर्यटक बढेका बताए ।

“भारतको गोवा तथा मुम्बईको समुद्री तटको झल्को दिने गरी नारायणी नदी किनार विकास भइरहेको छ”, चुकेले भने, “त्यसैको प्रभावले यहाँको नदी किनारका होटलमा पर्यटकको आकर्षण बढेको हो ।”

नदी किनारका होटलमा बास बस्दा नारायणी गङ्गा आरतीको अवलोकन, मोटर बोटमा सयर, मनोरम सूर्यास्तको दृश्यावलोकनजस्ता क्रियाकलाप गर्न पाइने हुँदा आन्तरिक पर्यटकको रोजाइमा नदी किनार पर्ने गरेको चुकेले बताए ।

“गैँडाकोटका नदी किनारका होटलमा बस्ने पर्यटक बिहान उठेर सहजै मौलाकालिका मन्दिरको दर्शन गर्दै देवघाटधाममा जान सक्छन्”, वरिष्ठ उपाध्यक्ष चुकले भने, “नदी किनार देशकै केन्द्र भागमा पर्ने हुँदा यातायातको सजह व्यवस्था भएकाले यहाँ पर्यटकको आकर्षण बढ्नु स्वभाविक हो ।”

यहाँ आउने पर्यटकमध्ये अधिकांश छुट्टी मनाउन तथा घुम्न आउने भएकाले उनीहरुको बसाइँ लम्बाउने गरी विभिन्न क्रियाकलाप सञ्चालन गर्नसकेमा आर्थिक क्रियाकलाप बढ्ने चुकेले बताए ।

Related

अर्थ

Post navigation

Previous Post: चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने
Next Post: सरकारी बेरुजु फछ्र्यौटका लागि छुट्टै समिति गठन गर्न सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • अर्थतन्त्र र समाजको अन्तरसम्बन्धको कारण एक क्षेत्रको अर्थ अस्थिरताले अरूलाई पनि चाँडै असर गर्न सक्छ।: अलेक्सेई अलेक्सेयेभिच नोभिकोभ, महामहिम राजदुत, रसियन फेडरेसन
  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme