Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

रुकुम (पूर्व)का तीन वटै क्षेत्रमा ‘बागी’को डर

Posted on २०७९ कार्तिक २८, सोमबार १८:४६ By HT No Comments on रुकुम (पूर्व)का तीन वटै क्षेत्रमा ‘बागी’को डर
Spread the love

रुकुम (पूर्व) । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ६ दिन मात्रै बाँकी छँदा यहाँका उम्मेदवारहरुले चुनाव प्रचारप्रसार तीव्र पारेका छन् ।

मनोनय दर्तापछि घरदैलो हुँदै सुरु भएको प्रचारप्रसार यतिबेला सभा, भेला, आन्तरिक छलफलमा केन्द्रित छन् । रुकुम(पूर्व) मा प्रतिनिधिसभामा एउटा र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । यी तीन वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारीले निर्वाचनमा रौनकता थपेको छ ।

पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती मगर उम्मेदवार छन् । तर उनका विरुद्धमा माओवादी केन्द्रका चन्द्रराज झाँक्री बागी उम्मेदवार छन् ।

यस क्षेत्रमा नेकपा एमालेका कैलाशकुमार मल्ल उम्मेदवार छन् । मल्ल यसअघि माओवादी केन्द्रमा थिए । उनी गत स्थानीय तहको निर्वाचन अघि एमालेमा प्रवेश गरेका हुन् । तीन जना उम्मेदवार नै विगतमा माओवादी पृष्ठभूमिबाट आएकाले मत कसले बढी तान्छ भन्नेमा बहसको विषय बनेको छ ।

रुकुम(पूर्व) मा विगतका निर्वाचनको मतपरिणाम हेर्दा माओवादी केन्द्र हावी देखिन्छ । माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती गत निर्वाचनमा प्रदेशसभा २ बाट निर्वाचित भइ लुम्बिनी प्रदेशको सभामुख निर्वाचित भइसकेका छन् ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली उम्मेद्वार छन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए । तर यसपटकको निर्वाचनमा उनी विरुद्ध सुरुल पुनले बागी उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पनि पुनलाई नै समर्थन गरिसकेको छ ।

प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेद्वार छन् । तर सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध माओवादी केन्द्रका केशव रावलले बागी उम्मेदवार दिएका छन् । रावल माओवादी केन्द्र विद्यार्थी सङ्गठनका केन्द्रीय उपाध्यक्ष हुन् । उनीहरुसँग प्रतिस्पर्धामा नेकपा एमालेबाट भावना बुढाथोकी उम्मेदवार छिन् ।

माओवादी र कांग्रेसबीचमा चुनावका लागि गठबन्धन भए पनि पार्टीभित्रको असन्तुष्टिको फाइदा एमाले उम्मेदवारलाई हुनसक्ने मतदाताबीच आँकलन गरिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा तीन वटै पालिका प्रमुख र दुई वटा गाउँपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने एमाले–कांग्रेस गठबन्धनबाट एमाले उम्मेदवारले एउटा पालिका उपप्रमुख जितेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा ३१ वडामध्ये नेकपा माओवादी केन्द्रले २२ वटा, नेपाली कांग्रेसले तीन र नेकपा एमालेले ६ वटा वडामा जित हासिल गरेका थिए ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर घर्ती मगरले सङ्घीयता कार्यान्वयन र यस क्षेत्रको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको दाबी गर्दै आएका छन् ।

“पहिलो कार्याकालमा कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा विभिन्न काम सुरु गरेको छु, अब त्यसलाई पूर्णता दिन र नयाँ एकीकृत योजनाका साथ काम गर्नेछु ।” जनतालाई ठूलो आश देखाउनुभन्दा यहाँका समस्या समाधानमा केन्द्रित हुने उनको भनाइ छ ।

नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले पनि कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीलाई चुनावी एजेन्डा बनाएका छन् ।

प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका तेजबहादुर ओलीले सडक निर्माण तथा बिस्तार, एकीकृत बस्ती विकास, खानेपानी, बिजुली, सञ्चारको मुद्दा अगाडि सारेका छन् ।

“घरघरमा इन्टरनेटको पहुँच, सामूहिक र आधुनिक कृषिको लागि अनुदान, सहुलियतमा ऋण, उत्पादनको बजारीकरण, प्रशोधन, पर्यटनको विकास मेरा मुख्य एजेन्डा हुन्”, उनले भने ।

उनले खानी र वनजन्य उद्योगमार्फत् अर्थतन्त्रमा सुधार, खेलकुद, शिक्षामा व्यवस्थित पूर्वाधार, सेवा प्रवाहमा सुशासन, समावेशिता, पारदर्शीताका लागि काम गर्ने बताएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार सुरुल पुनले यहाँको भूगोल, समूदाय, जातिका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन् । पिछडिएको क्षेत्र, वर्ग र समूदायबाट नेतृत्व गर्दै विकासलाई विशेष जोड दिने उनको दाबी छ ।

निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार धनबहादुर केसीले भने आफू निर्वाचित भए सरकारी सेवा सुविधा नलिने बाचा गरेका छन् ।

नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार, कृषिको व्यावसायिकीकरणका लागि काम गर्ने बताइन् ।

प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार केशव रावलले पनि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगार÷स्वरोजगार, भौतिक पूर्वाधार तथा यातायात, विद्युत् तथा सञ्चार, खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने दाबी गरेका छन् ।

तर पटक–पटक निर्वाचित भए पनि नेताहरुले अपेक्षा गरे अनुसारको विकास नगरेको सिस्ने गाउँपालिका ५ की स्थानीय फुर्ची बुढाको भनाइ छ । “स्थानीय स्तरमै रोजगारी नहुँदा कैयन युवाहरु विदेशिन बाध्य भएका छन्, यो समस्या समाधान भए जीवनस्तर सहज हुने थियो ।”

भौगोलिक दृष्टिले विकट मानिने यस जिल्लामा कुनै स्थानबाट वडा कार्यालयसम्म पुग्न पनि एक दिनको समय लाग्छ । यहाँका नागरिकहरुले सामाजिक सुरक्षा वापतको भत्तामा बैकिङ प्रणालीबाट सहज नभएको भन्दै वडा कार्यालयले नै वितरण गर्नुपर्ने माग गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । कार्यालयले कात्तिक १८ देखि मतदाता शिक्षा सञ्चालन गरिरहेको छ । जिल्लामा ४४ वटा मतदानस्थल र ५६ वटा मतदान केन्द्र छन् ।

साथै, एउटा अस्थायी मतदानस्थल थप गरिएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए । उनका अनुसार मदतानस्थल र मतदान केन्द्रमा सुरक्षाकर्मी र स्वयमसेवकबाहेक चार सय ४८ जना कर्मचारी खटिने छन् ।

जिल्लामा मतपत्र ढुवानी र प्याकिङको काम पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकिएको छ ।

जिल्लामा ३४ हजार एक सय १२ मतदाता छन् । जसमा महिला १६ हजार आठ सय ९७ र पुरुष १७ हजार दुई सय १५ छन् । तीन वटा मात्र गाउँपालिका रहेको जिल्लामा ३१ वटा वडा छन् ।

पुथा उत्तरगङ्गा गाउँपालिकाका १४ वटा वडा र भूमे गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा पर्छन् । प्रदेशसभा २ मा भूमे गाउँपालिकाका ४, ५, ८ र ९ नम्बर वडासँगै सिस्ने गाउँपालिकाका ८ वटा वडा पर्छन् ।

 

Related

खबर

Post navigation

Previous Post: निर्वाचनको तयारीबारे कूटनीतिक नियोगलाई आयोगको ब्रिफिङ
Next Post: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, जहाँ उम्मेदवार र मतादाताबीच भेट नै हुँदैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • अर्थतन्त्र र समाजको अन्तरसम्बन्धको कारण एक क्षेत्रको अर्थ अस्थिरताले अरूलाई पनि चाँडै असर गर्न सक्छ।: अलेक्सेई अलेक्सेयेभिच नोभिकोभ, महामहिम राजदुत, रसियन फेडरेसन
  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme